वैधानिक सामन्ती र तिनका कार्यप्रणालीले बनेको असहज परिस्थितिः राजु केसी

राजु केसी
२४ फागुन २०७९
वर्तमान परिप्रेक्ष्यमा नेपालको अर्थतन्त्र खस्कँदो अवस्थामा छ । यहि परिवेशको कारण जन जिविकामा प्रत्यक्ष असर परेको छ । सर्वसाधारण आवश्यकता पूर्तिका लागि दिनहुँ दौडधुपमा छन् तर तिनका पूर्तिका अवस्था भने नाजुक अवस्थामा रहेका छन् । उच्च उद्यमी देखि किसान मजदुर लगायत सम्पुर्ण व्यवसायीहरु बैंक तथा वित्तिय संस्था, फाइनान्स, सहकारी तथा विभिन्न लघुवित्तका समुहहरुबाट आक्रान्त बनेका छन् । यहाँ सम्मकी भाखा नाघेका ऋण तिर्न नसक्नु र त्यस्ता निकायका पेलान्हरुबाट मानसिक रुपमै ग्रसति भैसकेपछि भाग्नु पर्ने अवस्थामा पुगेका छन् । भाग्ने मात्रै हैन आत्महत्या सम्मको कठोर कदमहरु चाल्ने अवस्थाको श्रीजना भएको हामीले देखिरहेका छौँ । ऋण, दिने निकायले हर तरहको बाटो अविलम्ब गरि व्याज, हर्जना, सबै असुल उपर गरिरहँदा यता व्यवसायी तथा सर्वसाधारण जो ऋणि छन् ति ऋणिहरु ऋणबाट उम्कनै नसक्ने दलदल भित्र निसास्सि सकेका छन् । यहाँ सम्मकी उम्कने ठाँउनै नपाउने अवस्थामा जेलिसकेका छन् ।

                                 देशै भरिका सर्वसाधारणले सम्भवत आर्थिक समस्यालाई नजिकैबाट नियालिसकेका छन् । कुनै पनि रोगको बेलैमा उपचार नपाए त्यो रोग विस्तारै क्यान्सरमा परिणत हुन्छ र क्यान्सरको परिणाम हामी सबैलाई थाहा छ हो त्यस्तै नेपालमा पनि आम जनताले आर्थिक क्षेत्रमा विस्तारै आर्थिक क्यान्सर भोग्नुपर्ने अवस्था नजिकिँदै गैरहेको महसुस भईरहेको छ । देशको अर्थतन्त्रको गिरावट यात्रा र यसले निम्त्याएका विभिन्न समस्याहरुले देशका जनता कुन भुमरितर्फ धक्कलिँदै छ भन्ने कुराको बहस चलाउन साँच्चै अपरिहार्य भैसकेको छ । देशको राजनैतिक अस्थिरता र यसको कारण भएको चरम भ्रष्टचारले आज यो देशका नागरिकले यस्तो अभिगत भोग्नु परेको कुरा यथार्थ छ । नेतृत्वहरुले ति कुरालाई राम्ररी देखेका र पहिचान गरेका छन् तर विडम्वना उनिहरु आफै पनि त्यहि दलदलबाट उम्कन सकेका छैनन् ।

सहि अर्थनीति र व्यवस्थापन भएमात्र सुव्यवस्थित ढंगबाट नागरिकका दैनिकि सहज रुपमा संचालन हुन्छन् तर हाम्रो देशमा वर्तमान समय त्यसको ठिक विपरित चलिरहेको छ । कतै न कतैबाट सामन्ती किसिमका कार्य प्रणालीहरु अर्थतन्त्रलाई प्रभाव पार्ने निकायहरुमा हावि छन् । त्यसैको परिणाम स्वरुपनै देशको अवस्था नकारात्मक दिशातर्फ उन्मुख हुँदाहुँदै सकारात्मक अवस्थाको सिमारेखा खुम्चिएर उकुस मुकुस हुँदै अन्तिम भित्रको अन्तिम अवस्थासम्म पुग्न करिब बेर नहुने अवस्था भैसकेको छ । त्यसको उपज गाउँघरमा वित्तिय संस्थाहरु आधुनिक सामन्तिको रुपमा प्रस्तुत भईरहेका छन् । वित्तीय सस्थाहरुले निर्माण गरेका समुहहरु र त्यस समूहमा गरिएका लगानीहरुले औसत सदस्यहरुको मात्रै जीवनमा सुधार भएका उदाहरण छन् नत्र त ती लगानीहरुले ति वित्तीय संस्थाहरुमात्रै मौलाईरहेको अवस्था छ भनिरहँदा खासै अनुचित नहोला । यसरी गाउँघरमा वैधानिक तवरका सामान्तीहरु विभिन्न भेष धारण गरि प्रस्तुत भैरहँदा राज्यले त्यसको उचित अनुसन्धान समेत गर्न सकेको छैन या त भनौ गर्न चाहिरहेका नै छैनन् । अझै केहि वर्षहरु यसरीनै वित्ने हो भने राज्यले अझै ठूलो नोक्सान व्यहोर्नुपर्नेमा दुईमत देखिन्न । राज्यले त्यस्ता निकायहरुले कसरी आफ्ना कार्य प्रणालीको विकास गरेका छन् त्यो कुराको नै सहि विश्लेषण र अनुसन्धान गरिरहेको छैन ।
कतिपय वित्तिय संस्थाहरुले नियमको परिधिभन्दा पनि माथि उठेर सिधै जनतालाई हानी हुने किसिमका गतिविधिहरु सञ्चालन गरिरहेको सामाचारहरु प्रसारण तथा प्रकाशन भईसकेको अवस्था छ तर राज्य ति कुराहरुमा निरिह बनेको छ । राज्य मात्रै हैन नागरिक पनि यसमा केहि दोषि पक्कै छन् । काम गर्ने बानी हटाएर सहज रुपमा वित्तिय संस्थाहरुले फालेको जालमा नागरिक आफै फसिरहेका छन् । ऋण लिने व्यवहार टार्ने, खाने अनि बस्ने बानीको विकास मौलाईरह्यो । क्रमिक रुपमा त्यहि क्रम चलिरहेपछि एक ठाउँबाट ऋण लिने अर्को ठाउँमा तिर्ने किसिमको परम्पराको विकास झन् झन् बढि हुने गरेको पाईरहेको छ ।
ऋणिहरुले अब चाहिँ धान्न सक्तैनन् भन्ने कुराको ठोस निष्कर्ष पश्चात हाललाई सम्पूर्ण वित्तिय संस्थाहरुले ऋण प्रवाहमा न्युनिकरण गरेपश्चात नागरिकहरु अन्यौलमा पर्न थालेका छन् र झिटि झाम्टा तर्फ आँखा च्यात्न थालेका छन् ।
तसर्थ अन्यौलताको यो भुमरी भित्र आफ्नो जीवनयापनलाई सकारात्मक बाटो तर्फ उन्मुख गराउनुपर्ने आवश्यकता हालको स्थितिमा देखिएको छ । यसै प्रणलीबाट अप्ठेरोमा परेकाहरुले धैर्य गर्न आवश्यक छ र धैर्य संगै कर्मलाई अधिक बढाउन आवश्यक छ किनकि सम्पुर्णको समस्या र चुनौतीहरु एउटै छ पिडाहरु एउटै छ दुखाईहरु एउटै छ र बुझाईहरु पनि एउटै छ । यी समस्याहरुलाई चिर्न र सकारात्मक बाटो तर्फ उन्मुख हुन हामी सबैले आवश्यकता ठान्नु पर्ने दिन आएको छ । राज्यले पनि ती प्रणाली जुन प्रणालीले गर्दा आज लाखौँ नागरिकहरु बाध्यात्मक जीवन भोग्नुपरिरहेको अवस्थामा छन् हो त्यो प्रणालीको अन्त्य गर्न क्रियाशिल हुनुपर्दछ । असल ऋण प्रवाह र असल कारोवारबारको विकासमा राज्यको ध्यान प्रत्यक्ष हुन आवश्यक छ । र नागरिकले पनि राज्यले गरेको सकारात्मक क्रियाहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्न आवश्यक छ । जसका लागि राज्यले वास्तविकहरुका लागि विभिन्न स्वरोजगारका कार्यक्रमहरु निर्माण गर्न आवश्यक छ उत्पादन तथा वितरणको असल विधि, नीति र आधार तयार गर्न राज्य सदैव अग्रसर हुन आवश्यक छ । त्यसका लागि सम्बन्धित विज्ञहरुबाट योजना तयार पारी परनिर्भरतालाई पछार्दै आत्मनिर्भरतामा राष्ट्रलाई तत्काल उन्मुख गर्ने अभियानको लागि आवश्यक रहने बहस तथा विधि निर्माणमा क्रियाशिल रहनुपर्ने आजको प्रमूख आवश्यकता हो ।
र त्यस अभियानका लागि हामी सदैव तयार छौँ र हामीसंगै सम्पूर्णमा पनि त्यस अभियानमा सरिक भैदिनुहुनका लागि हामी आह्वान गर्दछौँ ।
जय देश जय विकास

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *