स्वास्थ्यकर्मीहरुको वाकाथुनः स्वस्थ रहन हिड्न जरुरी छ ।

काठमाण्डौ,
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपालको आयोजनामा काठमाण्डौको टेकुदेखी माईतिघर मण्डलासम्म वाकाथुन आयोजना गरिएको छ । वाकाथुनले महिलाहरुले घरको काम र व्यस्तताको कारण स्वस्थ जीवनयापनको लागि समय अभाव हुने हुँदा दैनिक हिँड्न जरुरी भएको र पुरुषहरुको समेत घरको काममा सहभागिता हुन जरुरी भएको सन्देश दिन खोजिएको छ ।

नेकपा (एमाले)को सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईको प्रमुख आतिथ्यतामा भएको वाकाथुनमा करिव २०० जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । करिव ३ किलोमिटर स्वास्थ्यकर्मिहरुसंगै हिडेका एमाले सचिव भट्टराईले माईतिघरमा भएको कोण सभालाई सम्बोधन गदैं अन्तराष्ट्रिय स्तरमा ८ मार्च १९११ मा महिला कामदारमाथि भएको श्रम शोषण विरुद्ध आवाज उठाइएको बताउनुभयो । त्यसै दिनको सम्झनामा आज ८ मार्च मनाई रहेको प्रष्ट पार्दै उहाँले नेपालमा सहाना प्रधानले श्रमिक महिलाहरुको पक्षमा आवाज उठाउन सुरु गर्नु भएको बताउनु भयो । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपालको उपमहासचिव तथा महिला विभाग प्रमुख अमृता बरालको संयोजकत्वमा आयोजना भएको वाकाथुनको कोणसभाको अध्यक्षता महासंको अध्यक्ष डा. झलक शर्मा गौतमले गर्नु भएको थियो । उपमहासचिव बरालले महिलाहरु घरको काममा सिमित हुन पुगेकोमा दुःख व्यक्त गर्दै सबैै महिलाहरुले आफ्नो स्वास्थ्यमा ख्याल गर्नु पर्ने बताउनु भयो । स्वस्थ जीवनयापनको लागि दैनिक हिँड्नुपर्ने तथा फिजिकल व्यायाम गर्नुपर्ने समेत बरालले बताउनु भयो । महासंघको अध्यक्ष डा. गौतमले महासंघ स्वास्थ्य सेवामा समर्पित स्वास्थ्यकर्मीहरुको पेशागत अधिकारमुखी संस्था भएको पनि प्रष्ट्याउनु भयो ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *