त्यसैले मलाई एकोहोरो प्रेम औंधी मनपर्छः सुशाल

२४ फागुन, २०७९

थाहानगर

मलाई तिमीसंग यस्तो प्रेम गर्नु छ । न भेट्नु छ,न बिहे गर्नु छ । बस् नभेटी,नदेखी ः– भावनात्मक तवरले प्रेम गर्नु छ । मलाई यस्तै प्रेम औंधी मनपर्छ । अझ भनु एकोहोरो प्रेम…

एकोहोरो प्रेममा जस्तो आफ्नै स्वर्णीम सन्सारको कल्पना अन्त गर्न नपाउँदो हो, त्यसैले पनि मलाई यस्तै मनपर्छ । र त म अरु भन्दा पृथक छु । त्यसैले दुनियाँ मलाई अपवादको श्रेणीमा उभ्याईरहेछ । तर दुनियाँ जावोस् भाड्मे…म आफ्नो गति मोड्दिन…

एकोहोरो प्रेममा तिमीले अस्विकार गर्ला भन्ने नि डर हुन्न ….कल्पना मै सहि, त्यहाँ मात्र मिलन हुनेछ । र त मलाई एकोहोरो प्रेम औंधी मनपर्छ…
त्यसैले अँचेल म मेरो कल्पनामा खालि हाम्रो मिलन मात्र देख्छु । त्यहाँ कुनै अवरोध देख्दिन । तिम्रो प्रेमको बर्षात मात्र देख्छु…

त्यसैले मलाई एकोहोरो प्रेम औंधी मनपर्छ…

म मेरो कल्पनामा एउटा भरिपुर्ण सम्बन्धको निर्माण गर्छु । जहाँ,कुनै कुराको कमि हुँदैन । जहाँ कुनै ठुलो महत्त्वाकांक्षा पनि हुदैन । त्यहाँ,प्रेम बढी हाबी हुन्छ । यति भएपछि,सम्बन्ध,जिन्दगी मज्जाले चल्ने रहेछ…

यस्तो कल्पना ः– एकोहोरो प्रेममा बाहेक अन्त गर्न नपाउँदो हुँ म ! त्यसैले पनि मलाई एकोहोरो प्रेम औंधी मनपर्छ…
अँचेल त यस्तो लागेको छ ः– मलाई मेरो एकोहोरो प्रेमले नै जिन्दगी दिएको छ । जिन्दगी दिने भन्ने कुरा कति ठुलो कुरा हो…
र त मलाई एकोहोरो प्रेम औंधी–औंधी नै मनपर्छ…

सुशाल थोकर

थाहा नगरपालिका वडा नं. १, मकवानपुर

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *