प्रधानमन्त्री प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

फाल्गुन २३ , २०७९
काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
सर्वोच्चले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई पक्राउ गरी अनुसन्धानको माग गरिएको रिट निवेदन दर्ता गर्न आदेश दिएपछि ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगाएतकाले रिट दर्ता गराएका हुन् ।
शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलाशले रिट दर्ता गर्न आदेश दिएको थियो ।
२०७६ सालमा आयोजित टुँडिखेलको एक कार्यक्रममा दाहादले द्वन्द्वकालमा मारिएका १७ हजार मध्ये ५ हजार जनाको जिम्मा आफूले लिने बताएका थिए ।
रिटमा फागुन २५ बिहीबारका दिन प्रारम्भिक सुनुवाइको लागि पेसी तोकिएको छ ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *