खैर यस्तो त नहुनुपर्ने हो, भैदियो :सुशाल थोकर

२३ फागुन,२०७९

खैर यस्तो त नहुनुपर्ने हो, भैदियो ।
अब ऊ मेरो रहेन अर्कैको, भैदियो ।

यता सिन्दूर थमाएर मेरो हातमा ।
उता ऊ अरुकै सिउँदो भैदियो ।

यस्तो भैदियो कि, हाम्रो सम्बन्ध पनि ।
जस्तो हिडेकै बाटो,अफ्ट्यारो भैदियो ।

यी आँखाहरु कहिल्यै ओभानो भएन ।
यी घरका चुलो मात्र ओभानो भैदियो ।

तिम्रो मन भने ढुङ्गाको भैसकेछ ।
मेरो मन अझैँ कमलो भैदियो ।

आखिर सोचेँ जस्तो कोही नहुने रहेछ ।
कस्तो सोचेँको मान्छे कस्तो भैदियो ।
सुशाल थोकर
थाहा नगरपालिका–१, मकवानपुर

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *