तराई–मधेशमा होली आज मनाइँदै

२३ फाल्गुन, २०७९

काठमाडौं । रङ्गीन पर्व मानिएको होली तराई–मधेशमा भने आज हर्षोल्लासका साथ मनाइँदैछ ।

हिमाली पहाडि भुभागका जिल्लाहरुमा भने हिजो नै होलि पर्व मनाईएको छ । सदा झैँ भोलि पल्ट आज तराई र मधेशमा भने आज होली पर्व मनाउन लागिएको हो ।

मधेशमा होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम र स्नेहको चाड पनि हो ।

सबै प्रकारका भेदभावलाई भष्म गरी सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ ।

हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्ने पर्वको रुपमा मधेशमा मनाइन्छ ।

यस पर्वले असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको मान्यता छ ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *