राष्ट्रपति निर्वाचन फागुन २५ गते,आज मध्यरातदेखि मौन अवधि सुरु,

काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनलाई स्वच्छ, निष्पक्ष विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउनका लागि आज
मध्यरातिदेखि मौन अधवि सुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था अनुसार मौन अवधि लागू हुने भएको हो ।
मौन अवधिमा अवधिमा निर्वाचन प्रचारप्रसार संग सम्बन्धि कुनै पनि गतिविधि सञ्चालन गर्न नपाउने आयोगले भनेको छ । आचारसंहिता उल्लंघन गरे निर्वाचन कसुर तथा सजाय ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता २०७० को दफा १७ बमोजिम सजाय हुने आयोगले जनाएको छ । राष्ट्रपतिका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् भने नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *