छ न त छ यहाँ , हर–कोही सम्झाउने ।, गजलःसुशाल थोकर

गजल

छ न त छ यहाँ , हर–कोही सम्झाउने ।
तर छैन समस्याको समाधान बताउने ।

एउटा म छु अर्को उसको याद छ ।
नत्र को छ र मसंग समय कटाउने ।

म यार यस्तो चौतारी खोजिरहेछु ।
मेरो मन भित्रको दुःख बिसाउने ।

अचेल एउटै कुराको इन्तजार रहन्छ ।
कहिले तिमीले झ्यालको पर्दा हटाउने ।

यहाँ,रात रहे अग्राख त पलाउँछ प्रिय ।
तिम्रो मनमा पो माया कहिले पलाउँने ।

सुशाल थोकर
थाहा–१ मकवानपुर

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *