मकवानपुरमा अन्तरपालिका फुटबल प्रतियोगिता हुँदै

२१ फाल्गुन २०७९, हेटौंडा –
मकवानपुर जिल्लामा अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता यहि चैत्र महिनाको पहिलो साताबाट सुरु हुने भएको हो । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला समन्वय समिति मकवानपुरको मुख्य प्रायोजनमा प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगितामा विजेताले नगद २ लाख रुपैयाँ उपविजेताले नगद १ लाख शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुने टिमको सदस्य खेलाडी सोही पालिकाको स्थायी बासिन्दा हुनु पर्नेछ । विभागीय टिम र ए डिभिजन क्लबमा आवद्ध खेलाडीले खेल्न पाउने छैन भने ३० वर्षभन्दा कम उमेरका खेलाडी मात्रै सहभागी हुन पाउने आयोजककाृ नियम रहेको छ । हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगितामा प्रवेश निःशूल्क गरिने आयोजक समितिका अध्यक्ष भेष खड्गीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *