मजदुरको हक, हित र अधिकारका लागि नेपाल थाहा मजदुर संघ स्थापना

सानोबाबु मुक्तान

थाहानगर

२१ फाल्गुण, २०७९

सोच, खोज, थाहा, प्रयोग अनि प्रगति जीवन उन्नतिको पाँच कुरालाई आत्मसाथ गर्दै मजदुरको हक, हित र अधिकार संरक्षणका निमित्त नेपाल थाहा मजदुर संघ स्थापना हुने भएको छ । संघ स्थापनाका लागि आज बसेको एक भेलाले तदर्थ समिति निर्माण गरेको छ । जस अन्तर्गत अध्यक्षमा राजु केसी, उपाध्यक्षमा सुनिता राई र राज कुमार कार्की सचिवमा समिक्षा लामा उपसचिवमा कविता कार्की, सदस्यहरुमा नारायण बल, केशवराज रोक्का, जितेन्द्र खत्रि, सानोबाबु मुक्तान, राजाराम खत्री, संगिता खड्का, के.वि.चन्द्र ठकुरी र संगिता मगर चयन गरिएको छ । मजदुरहरुले विभिन्न वहानामा विभिन्न निकायबाट झेल्दै गरेका प्रत्यक्ष तथा अप्रत्यक्ष समस्याहरु न्युनिकरणका लागि सम्बन्धित निकायमा आवश्यक पहल कदमी तथा संघर्ष गर्ने लक्ष्य राखि संघको स्थापना गरिने तदर्थ समितिका अध्यक्ष राजु केसीले बताउनुभयो । नेपाल सरकारको नियमानुसार आवश्यक प्रक्रिया निर्माण गरि संघलाई आधिकारीक रुपमा दर्ता गरेपछि मात्रै उद्देश्य प्राप्तिका लागि अगाडि ब्ढ्ने समितिले जनाएको छ । संघ दर्ताको आवश्यक प्रक्रिया अगाडि बढाउनको लागि हाल केन्द्रिय कार्यालय काठमाण्डौको सामाखुसीको रानीबारीमा स्थापना गरिएको छ । समिति निर्माण र कार्यालय स्थापनासंगै संघ दर्ताका लागि आवश्यक प्रक्रियाको थालनी सुरु गरिएको छ । श्रम मन्त्रालय अन्तर्गत दर्ता हुने संघले नियमानुसार स्थानिय तहहरुसंग आवश्यक समन्वयको लागि पत्राचार गरेको छ ।

कमेन्ट गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *